घट्यो सुनको मूल्य

  असार २३, २०७९

काठमाडौँ, असार २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजार मा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय