राससकर्मी परियार सम्मानित

  असार २५, २०७९

मकवानपुर , असार २५ : राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरका समाचार दाता कृष्णराम परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले आज नगदसहित सम्मान गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पत्रकारितामार्फत साहित्य क्षेत्रको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई रु सात हजार ७७७ नगद सहित सम्मान गर्नुभएको हो । त्यसैगरी साहित्य पुञ्जले नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य छवि अनित्यलाई रु १० हजारसहित सम्मान गरेको हो ।

त्यस्तै साहित्यकारहरु क्रमशः जनार्दन खनाल, तीर्थदेवी शिलवाल, सरिता तिवारी, देवराज खरेल, प्रशन्ना चौलागाईं, भूषिता वशिष्ट, चित्रकार ऋत्विक केबी र मकवान पुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई समेत सम्मानित गरेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय