उच्च अदालत बारको मतदान सम्पन्न

  असार २५, २०७९

काठमाडौँ, असार २५ : उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ ।

उक्त निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । मतगणना प्रारम्भ गर्ने विषयमा सर्वदलीय बैठकसमेत सम्पन्न भएर केहीबेरमा मतगणना प्रारम्भ गर्ने र आजै नजिता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदान रहेको उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये प्रजातान्त्रिक समूहको रामकृष्ण शर्माले गर्नुभएको छ भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गर्नुभएको छ । प्रगतिशील समूहमा नेकपा ९एमाले० र एकीकृत समाजवादी निकट कानुन व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा रहेका छन् ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । त्यसका लागि पदाधिकारी १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । आज बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको थियो भने बेलुका ५ः१५ सम्पन्न भएको छ । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने भएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय