सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

  असार २६, २०७९

काठमाडौँ, असार २६ : नेपाल सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान पु¥याउने विभिन्न स्रष्टा र सर्जकहरुलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कर, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कर, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कर, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कर तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कर प्रदान गरेको हो ।

विभिन्न नौ प्रकारका पुरस्कार ४३ जना स्रष्टाले प्राप्त गरेका छन् । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गर्नुभएको हो । जनही नगद रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’(कट्टेल), संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फ हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उहाँहरुलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार भाषा एवं साहित्य विधामा धनकुटाका डा यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापालाई प्रदान गरिएको छ ।

संस्कृति विधामा ओखलढुङ्गाका डा लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा त्रैलोक्यनाथ जोशीलाई प्रदान गरिएको छ ।

ललितकला विधामा क्रमशः छितेन शेर्पा झापा, पुनम कुमारीदेवी (दास) महोत्तरी, जवीन राजोपाध्याय काठमाडौँ, तिलकप्रसाद पुन पोखरा, खेमबहादुर विक रुपन्देही, कोशलकुमार हमाल मुगु र महेन्द्र पुन मगर डडेल्धुरा पुरस्कृत हुनुभएको छ । यस्तै सङ्गीत तथा नाट्य विधामा प्रदोशिक प्रतिभा पुरस्कारबाट सुगम पोखरेल मोरङ, रामनारायण ठाकुर, जनकपुरधाम, नवीन पौडेल काठमाडौँ, केशरी घर्तीमगर पोखरा, उन्नती बोहरा रुपन्देही, उत्तम शर्मा उत्तरगङ्गा र अम्बरबहादुर लामा डोटी पुरस्कृत हुनुभएको छ ।

महाकवि देवकोटा पुरस्कार बाट कविता÷काव्य विधामा डा बेञ्जु शर्मा काठमाडौँ, निबन्ध÷समालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखना÷नाटकतर्फ डा पुष्करराज भट्ट कैलाली, बाल साहित्य÷ लोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरा पुरस्कृत हुनुभएको छ ।त्यस्तै भगत सर्बजित मानप मर्यादा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने हरुमामा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली हुनुहुन्छ । यो पुरस्कारको राशि जनही नगद रु एक लाख र ताम्रपत्र रहेको छ ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारअन्तर्गत कविता विधामा दाङ्का डा अमरराज गिरी र नाटक विधामा विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ । त्यसैगरी मन्त्रालयले यसैवर्षबाट सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा डा त्रिरत्न मानन्धरलाई प्रदान गरिएको छ ।भाषा र साहित्य मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने महत्वपूर्ण औजार ः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा, साहित्य, संस्कृति र नाट्य विधा नेपालको मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण औजार भएको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज आयोजित विभिन्न स्रष्टा एवं राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले पुरस्कृत स्रष्टाले भविष्यमा पनि राष्ट्रिय महिमा र गरिमा बढाउने गरी आ–आफ्नो क्षेत्रबाट अझ महत्वपूर्ण योगदान गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री श्रेष्ठले राष्ट्रको सर्वाङ्गीण विकासका लागि सांस्कृतिक र भाषिक समृद्धि पनि एक भएकाले मन्त्रालयले इतिहास, संस्कृति, भाषा, साहित्य, नाटक सङ्गीत र कलाकारिताका विविध क्षेत्रका मुर्धन्य स्रष्टाहरुको नाममा राष्ट्रिय पुरस्कार स्थापना गरी सो क्षेत्रमा योगदान पु¥याउनेलाई कदरस्वरुप सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राज्यले स्रष्टाको सम्मानस्वरुप हरेक प्राज्ञिक र सिर्जनाको क्षेत्रमा निरन्तर योगदान पु¥याउने स्रष्टालाई प्रोत्साहनस्वरुप यस्ता पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भाषा, संस्कृति, इतिहास, सङ्गीत तथा कलाको माध्यमबाट नेपाली समाजको सुधार र नेपाली साहित्यकोे श्रीवृद्धिमा अतुल नीय योगदान पु¥याउने स्रष्टा लाई सम्मान गर्नु राज्यको दायित्व रहेको बताउनु भयो । पुरस्कृत स्रष्टामध्येबाट डा रमेशकुमार ढुङ्गेलले यस्ता पुरस्कारले स्रष्टालाई प्रोत्साहन मिल्नाका साथै राष्ट्रको इज्जत पनि बढाउने धारणा व्यक्त गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय