तबलावादक भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान

  असार २६, २०७९

काठमाडौँ, असार २६ : निःशुल्क तबलावादन प्रशिक्षण गराउनेसहितको उद्देश्यले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेलले नवस्थापित प्रतिष्ठानले गीत र सङ्गीतको महत्वपूर्ण वाद्यवादन तबला र तालको महत्वलाई अझ प्रभावकारी ढङ्गले आम सङ्गीत पारखीसम्म पु¥याउनका लागि महत्वपूर्ण कार्य गर्ने बताउनुभयो ।

वरिष्ठ कलाकार हरिहर शर्मा र साहित्यकार विजय चालिसेले सङ्गीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनाका साथै स्वाभिमानी बनाउन सिकाउने र प्रतिष्ठानले नेपाली सङ्गीत क्षेत्रलाई पुनर्जीवन बनाउने कार्य गरेको बताउनुभयो । प्रतिष्ठानका संरक्षक तबला गुरु एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपप्राध्यापक अच्चुतराम भण्डारी रहनुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय