प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटघाट

  असार २६, २०७९

काठमाडौं, असार २६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर चियानचाओले भेटवार्ता गर्नुभएको हो ।

सीपीसीको विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। आठ सदस्यीय टोलीसहित उहाँ आइतबार बिहान नेपाल आउनुभएको हो । लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय