‘पयर्टन प्रवद्र्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुन्छ’

  असार २७, २०७९

काठमाडौँ, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको पयर्टन प्रवद्र्धनका लागि कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । विभिन्न देशका लागि सरकारले हालै नियुक्त तथा प्रस्तावित राजदूतसँग मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिक क्षेत्रको प्रभावकारी महत्व हुने बताउनुभयो ।

महामारीका कारण घट्दै गएको पर्यटन उद्योगलाई गतिशील बनाउन विदेशस्थित नेपाली नियोग क्रियाशील हुनुपर्नेमा उहाँको थियो । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासले पर्यटक आकर्षित गर्ने योजना तथा कार्यक्रम ल्याउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले राजदूतहरूले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग गर्नुपर्ने विचार व्यक्त
गर्नुभयो ।

उहाँले पर्यटन विस्तारका लागि हवाई उडानको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकारले हवाई यातायात र विमानस्थललाई सुरक्षामैत्री बनाउने बताउनुभयो । मन्त्री श्रेष्ठले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश विन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी दिँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश विन्दु खुला हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरूले नेपालको पर्यटन विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय