एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

  असार २८, २०७९

काठमाडौं, असार २८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट भएको छ ।

मंगलबार अध्यक्ष ओली निवास बालकोटमा उहाँहरुबीच भेट भएको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभयो । भेटवार्तामा राजन भट्टराई, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु पनि सहभागी हुनुहुन्थ्याे । नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय