राजस्व सचिवको विदेश सयर

  असार २९, २०७९

काठमाडौं, असार २९ : आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्।

सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य सुरुका महिनादेखि नै पूरा हुन सकेको छैन । यस्तोमा आर्थिक वर्षको अन्तिम समयमा लक्ष्य पूरा गर्न हरतरहबाट प्रयास गर्ने जिम्मेवारीमा बसेका राजस्व सचिव पुस्कर भने एक साता विदेशमै रमाए।

अस्ट्रियामा करसम्बन्धी तालिममा भाग लिन असार २१ गते त्यसतर्फ गएका सचिव पुस्कर २७ मा मात्र मन्त्रालय आए। पूर्वअर्थमन्त्री जनार्दन शर्माले पुस्करको भ्रमण स्वीकृतिका लागि सबै व्यवस्था मन्त्रिपरिषद्बाट मिलाइदिएका थिए। चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरी ११ खर्ब ८० अर्ब ६० करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ। असार २७ सम्म १० खर्ब ८ अर्ब २३ करोड संकलन भएको छ। यो लक्ष्यको ८५.४ प्रतिशत हो। आजको नागरिक दैनिकमा समाचार छ ।

 

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय