राष्ट्रपतिसमक्ष महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन पेश

  असार २९, २०७९

काठमाडौं, असार २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आज शीतलनिवास स्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठिऔं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष दंगालले पेश गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय