आर्थिक दृष्टिकोणबाट मुलुकको अवस्था गम्भीर छ : मन्त्री बडू

  असार २९, २०७९

काठमाडौं, असार २९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदूत र नियौत व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री बडूले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताउनुभयो । व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई दृष्टिगत गरेर मुलुकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री बडू सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताउनुभयो ।

निर्यातलाई प्रवर्धन गर्ने र विदेशी लगानी बढीभन्दा बढी नेपालमा भित्र्याउने काममा सरकार लागि परेको उहाँको भनाइ छ । मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय