बढ्दो बेरुजुप्रति सांसदको चिन्ता

  असार ३०, २०७९

काठमाडौं, असार ३० : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचकप्रति चिन्ता व्यक्त गर्नुभयो ।

हिजो (बुधबार) महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ ।

उहाँले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति जनाउनुभयो । महासचिव भुसालले किसानले अझै मल पाउन नसकेको, मूल्यवृद्धि आकाशिँदा पनि सरकारले त्यसको आवश्यक व्यवस्था गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

महासचिव भुसालले सरकारी सञ्चार माध्यमहरुले समेत राष्ट्रियसभाको समाचारलाई महत्व नदिएको गुनासो गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय