दर्जन विधेयक सभामुखले थन्क्याएको आरोप

  असार ३०, २०७९

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाबाट पठाइएका अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयक प्रतिनिधिसभामा वर्षौदेखि अड्काएर राखेको भन्दै सभामुख सापकोटाप्रति उहाँले असन्तुष्टि जनाउनुभएको हो ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै सांसद पौडेलले सभामुख सापकोटा वर्षौदेखि थन्किएर बसेका विधेयकहरुलाई अघि बढाउनुको साटो मुद्दा मामिलामा लागेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले राष्ट्रियसभाले पारित गरेर पठाएका विधेयकहरु विषयगत समितिहरुमा छलफल गराएर पारित गराउने काम सभामुख सापकोटाको भए पनि त्यसप्रति उहाँ जिम्मेवार नभएको गुनासो गर्नुभयो ।

सङ्घीय संसदको दुवै सदनमा रहेका विधेयकहरु पारित गरेर मात्रै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने सांसद पौडेलको सुझाव छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय