उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी

  असार ३१, २०७९

हेटौँडा, असार ३१ : उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फछ्र्योट गर्न बाँकी रहेका छन् । पत्रकारसँगको अन्तरक्रियामा आज उच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रित नपुगेको कारण चार मुद्दा फछ्र्योट हुन बाँकी रहेको जानकारी दिनुभयो ।

जसमध्ये एक अङ्ग नपुगेको र एक सर्वोच्चमा विचाराधिन रहेको उहाँले जानकारी दिनुभयो । न्यायाधीश मुसलमानले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट भएको बताउनुभयो । जुनसुकै बेलामा मुद्दाका विषयमा प्रवक्तासँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै उहाँले अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको प्रष्ट पार्नुभयो ।

उहाँले गोलाप्रथा लागु भएपछि न्यायाधीश १० बजे आउने र ११ बजे नै बेञ्च बस्ने गरेको बताउनुभयो । सोही कारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७८/७९का अनुमानित वार्षिक फछ्र्योट लक्ष्य एक हजार १९४ रहेकोमा एक हजास २८४ फछ्र्योट भएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताउनुभयो । उहाँले नयाँ दर्ता अनुमान एक हजार १४९ रहेको र लक्ष्य पुग्न बाँकी ९० थान रहेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय