नाबालिकालाई वेश्यावृती गर्न लगाउने महिला पक्राउ

  साउन ०१, २०७९

काठमाडौं, साउन १ : काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको  आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।

ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लका अनुसार लिम्बुले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरी खाजा घरमै कोठा भाडामा लिएर नाबालिकालाई  वेश्यावृती गर्न बाध्य पारेकी थिईन् । लिम्बुले प्रति ग्राहक एक हजार लिने गरेको एसपी मल्लले जानकारी दिनुभयो । आफू रकम राखेर नाबालिकालाई खान मात्रै दिने र जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पारेको अनुसन्धानमा खुलेको एसपी मल्लले बताउनुभयो ।

उहाँका अनुसार बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्राशमा पारी बन्धक बनाइ राखेको अवस्था प्रहरीले फेला पारेर जेठ १३ गते ती नाबालिकाहरुको प्रहरीले उद्धार गरेको थियो । लिम्बुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार पाँच दिनको म्याद थप लिई कारबाही भइरहेको  एसपी मल्लले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय