पाँच लाख भारूसहित पाँचजना पक्राउ

  साउन ०१, २०७९

झापा, साउन १ : झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १०१ वटा र पाँच सय दरको ६३८ वटा भारतीय नोट फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय