गड्डाचौकीमा स्वास्थ्य सहायता कक्ष स्थापना

  साउन ०२, २०७९

महेन्द्रनगर, साउन २ : कञ्चनपुरको गड्डाचौकी नाकामा आज युरोपेली आयोगको आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

सरकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै गड्डाचौकीमा रहेको आइसोलेशन केन्द्रमा खानेपानी तथा सरसफाइ संरक्षणसम्बन्धी सेवाका लागि निर्माण गरिएका संरचनाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र युरोपेली युनियनका राजदूत नोना डे«प्पे्रेजले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

स्वास्थ्य सहायता कक्षमा स्तनपान कक्ष, शौचालयलगायतका संरचना बन्नुका साथै विभिन्न जनचेतनामुलक सामग्री राखिएका छन् । आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय अन्र्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको स्वास्थ्य सहायता कक्षमा निर्माणमा सहजीकरण नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गरेको थियो ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोकविक्रम जैरुले कोभिड–१९ विरुद्ध दु्रत प्रतिकार्य र पूर्वतयारीका निम्ति आइसोलेशन केन्द्र र सीमा नाकामा सबलीलकरणमार्फत प्रभावकारी केस व्यवस्थापन परियोजनाअन्र्तगत स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय