मोटरसाइकल दुर्घटना हुदा दाङमा दुई जना घाइते

  असोज २८, २०७९

तुलसीपुर, २८ असोज । दाङमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ निबासी देव बहादुर चौधरी, उहाँका छोरा ५ वर्षीय सबिन चौधरी र मोटरसाइकलमा पछाडी सवार सोही ठाँउ निवासी ५० वर्षीया नानीमाया चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर पर्वत केसीले जानकारी दिनुभएको छ । दंगीशरण गाउँपालिका ७ प्रसडुवाबाट बैशा तर्फ जाँदै गरेको रा ४ प २२८७ नं. को मोटरसाइकल बाका भन्ने स्थानमा अनीयन्त्रीत भएर पल्टीदा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते मध्य देव बहादुर चौधरीको अवस्था गम्भिर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय