सिरहा अपहरमा परेका युवाको हत्यामा आफ्नै साथीहरुको संलग्नता

  असोज २८, २०७९

सिरहा, २८ असोज । सिरहाबाट अपहरमा परेका युवाको हत्यामा आफ्नै साथीहरुको संलग्नता भेटिएको छ । सिरहाबाट अपहरण गरेर बिराटनगरमा भएको १९ वर्षका अंशु सदाको हत्यामा प्रहरीले उनकै तीनजना साथीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाका मनोज कार्की, राकेश यादव र विंसु मण्डल रहेका छन् । उनीहरुका थप एकजना साथी फरार रहेका छन् ।

उनीहरुले सदालाई असोज २३ गते मोरङ ल्याएको देखिएको छ । घटना भएको न्यू अप्सरा गेष्ट हाउसमा उनीहरु २४ गतेदेखि बसेको देखिएको प्रहरीको भनाई छ । मोरङ प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले फिरौती माग गरिरहेको थाहा पाएपछि परिवारबाट १० हजार रुपैयाँ हाल्न लगाइएको थियो । त्यही रकम लिन जाँदा तीन जना पक्राउ परेका थिए । त्यसपछि उनीहरुकै बयानका आधारमा प्रहरी शव भएको स्थानसम्म पुगेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय