पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

  असोज २९, २०७९

पाल्पा, २९ असोज । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२ हापुर निवासी ३० वर्षीय विष्णु सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुखबाट खसेर गम्भिर घाइते भएका सारुको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी रुखबाट करिब एक सय मिटर तल खसेका थिए । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न गएको प्रहरीले बताएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय