पाेखरा २९ असाेज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाउनु भएकाे छ । निशाले हिटमै कीर्तिमान बनाउनु भएकाे हाे ।
निशाले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोड्नु भएकाे हाे । यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाउँन सफल हुनु भएकाे थियाे ।