बालबालिकाको शव खाल्डोमा गाडेको अवस्थाममा फेला

  असोज ३०, २०७९

तुलसीपुर, ३० बैशाख । दाङको तुलसीपुर – १३ स्थित जनकल्यान सामुदायिक वनको जंगलमा दुई बालबालिकाको शव खाल्डोमा गाडेको अवस्थाममा फेला परेको छ । २७ गते राति बिहीबार घरबाट निस्केका दंगीशरण गाउँपालिकाको थपगाउँ निबासी १४ बर्षका शरद आचार्य र तुलसीपुर–१३ निबासी १४ बर्षकी रोशनी महताराको शव आज दिउँसो फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । घरबाट निश्कीएका दुबैजना घरमा नआएपछि र स्थानीयले राति जंगलमा बालिका चिच्याएको सुनेको क्षेत्रतर्फ प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिले खोजतलास गर्दै जाँदा खाल्डोमा दुबैजनालाई संगै गाडेको अवस्थामा भेटिएको वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो । खनेको माटो देखिएको ठाउँमा खनेर प्रहरीले शव निकालेको हो । उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको हुनसक्न अनुमान गरिएको छ । शरद सानै देखि मामाको घरमा बसेर बढ्दै आएका थिए भने रोशनीका बुवा आमा भारतमा रहेका छन् । घटना बालिकाकाे घर देखि करिब पाँच सय मिटर टाढाकाे दुरीमा रहेकाे छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय