दुई बालबालिकाको हत्यामा संलग्न योजनाकार पक्राउ

  कार्तिक ०१, २०७९

तुलसीपुर, १ कार्तिक । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका – ६ निबासी २१ बर्षका सुशील पुन मगर र मकावनपुरको हेटौडा नगरपालिका – ८ निबासी २४ बर्षका सुबाश थिङ रहेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न रहेको आराेपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले , तुलसीपुर उपमहानगरपालिका -१३ का केहि युवालाई पनि नियन्त्रणमा राखेको छ । पक्राउ परेका मध्य केहिले हत्या गरेको र केहिले बोकेर जंगलमा लग्ने काम गरेको र केहिले खाडल खन्ने काम गरेका थिए । सुरुमा शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि पोल खुल्ने डरले उनको पनि हत्या गरेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपी प्रहरीले यसको आधिकारीक पुष्टि भने गरिसकेको छैन । यता जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले घटनाकाे एक्सपोज गर्नका लागि सूचना प्राप्त रहेपनि थप केहि खुल्छकी भनेर ससाना घटनाको अनुसन्धान गरिरहेकाे बताउनुभयाे । तुलसीपुर उपमहानगरपालिका–१३ जनकल्याण सामुदायिक वनको जंगलमा आइतबार दिउँसो एउटै खाडलमा हत्या गरेर पुरेको अवस्थामा शरद र रोशनीको शव फेला परेको थियो । दुबैजना २७ गते साँझबाट हराईरहेका थिए ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय