गुणस्तरहीन मिठाइ बिक्री बन्द गर्न माग

  कार्तिक ०१, २०७९

चाडपर्व नजिकिएसंगै बजारमा बिक्री वितरण हुने गुणस्तरहीन मिठाइ बन्द गर्न माग गरिएको छ । तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा नगरप्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाउँदै बजारको अनुगमन गरेर तत्काल त्यस्ता मिठाई बिक्री वितरण बन्द गर्न र बिक्री वितरण गर्नेलाई कार्वाहीको दायरमा ल्याउन समेत आग्रह गरिएको हो । मापदण्ड विपरित बजारमा खुल्लारुपमा बिक्री वितरण गरिने गुणस्तरहीन मिठाईका कारण मानवस्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले कार्वाहीको दायरामा ल्याउनुपर्ने होटेल व्यवसायी समितिअन्तर्गत रहेको मिठाई व्यवसायी उपसमितिका संयोजक प्रवेश वलीले बताउनुभयो । नगरप्रमुख टीकाराम खड्काले तत्काल उपभोक्ता हित संरक्षण शाखाबाट बजार अनुगमन गरेर कार्वाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले बजारमा गुणस्तरहीन मिठाई दर्ता नभएका व्यक्ति पसलबाट बिक्री भएको अवस्थामा अनुगमनका क्रममा फेला परे कार्वाही गरिने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय