उपचारार्थीले नयाँ पाइलामै लगाए भाइटीका

  कार्तिक १०, २०७९


तुलसीपुर असोज १०
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापनामा रहेका उपचारार्थीहरुले सस्थामा भाइ टीका लगाएका छन् । भाइटीकाका अवसरमा संस्थामा उपचारार्थीहरुका लागि भाइ टीकाको प्रबन्ध गरेको छ । संस्थाका अभ्यक्ष एवम निर्देशक सुरेश भुसालले उपचारार्थीहरुलाई संस्थाभित्र भाइ टीकाको प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
संस्थामा हाल ३७ जना उपचारार्थी रहेका छन् । उपचारार्थीहरुलाई नरमाइलो अनुभूति नहोस् भन्ने ध्येय राखेर संस्थामै भाइटीकाका लागि सम्पूर्ण व्यवस्था संस्थाले गरेको निर्देशक भुसालले जानकारी दिनुभयो । संस्थामा रहेका दाजुभाइलाई दिदी बहिनीहरुले भाइ टीका,सेल रोटी,मिठाइ प्रदान गरेका थिए । संस्थाले बडा दशै, भाइ टीका, नयाँ वर्षका अवसरमा उपचारार्थीहरुलाई टीका,मनोरञ्जनका कार्यक्रम गर्दै आएको छ । संस्थाले हालसम्म एक हजार बढीलाई समाजमा उपचारपछि पुर्नस्थापना गरेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय