नेपालीको निधनप्रति महासचिवद्घारा श्रद्धाञ्जली व्यक्त

  कार्तिक १०, २०७९

तुलसीपुर असोज १०
नेकपा एमालेबाट २०५४ सालको निर्वाचनमा बिजौरी गाविसको अध्यक्षमा निर्वाचित घनश्याम नेपालीको निधनप्रति नेकपा एमालेका महासचिव शंकर पोख्रेलले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । दाहसंस्कारमा उपस्थिति हुनुभएका महासचिव पोख्रेलले नेपालीको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा क्षति पु¥याएको बताउनुभयो ।
नेपाली पञ्चायत शासनका विरुद्धमा आवाज उठाएको भन्दै जेल जीवन बिताउनुभएको थियो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले साविक बिजौरी गाविसका अध्यक्ष घनश्याम नेपालीको दुखद् निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । बिहिवार दिउँसो तुलसीपुर १७ मा निधन भएको नेपालीको अन्तिम दाहसंस्कार पत्रे खोलामा गरिएको थियो । अन्तिम संस्कारमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, पोलिट्ब्यूरो सदस्य सुजिता शाक्य, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, एकिकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको उपस्थिति रहेको थियो । नेपालीका दुई जना सुपुत्र हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय