उपभोक्तामुखी वन ऐन बन्नुपर्छ नगरप्रमुख खड्का

  कार्तिक १३, २०७९


तुलसीपुर कात्तिक १३
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले वन ऐन उपभोक्तामुखी बनाउनुपर्ने बताउनुभएको छ । स्थानीय वन महासंघ तुलसीपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख खड्काले नीतिगतरुपमै संरक्षणमै ध्यान दिए पनि उपयोगमा भने नीति बाधक रहेकाले परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले नीतिगतरुपमै समस्या भएकाले वनमा काठ सड्ने तर महंगोमा विदेशी काठ किन्नुपर्ने उपभोक्ताको बाध्यता रहेको बताउनुभयो । उहाँले नीतिगतरुपमै रहेको समस्याका कारण देशले करोडौ रकम गुमानुपरेको र जसका कारण अर्थतन्त्रमा समेत धक्का पुगेको बताउनुभयो । उहाँले संरक्षणका साथै नीतिगतरुपमै उपयोगमा समेत संघीय सरकारले स्पष्टरुपमा ल्याउनुपर्ने बताउनुभयो । स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले स्थानीय सरकारसंग वन नवीकरणको मात्रै अधिकार दिएकाले उपभोक्ताहरुले उपयोग गर्ने पाउने नीति संघीय सरकारबाटै परिमार्जनका लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वन अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय