मेट्रोका विद्यार्थीले पढ्दै चार लाख कमाए

  कार्तिक १७, २०७९

तुलसीपुर कात्तिक १७
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययरत विद्यार्थीहरुले पुष्प खेतीबाट चार लाख आम्दानी गरेका छन् । विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीहरुले पुष्प खेतीबाट उक्त आम्दानी गरेका हुन् ।

क्याम्पसको पाँच कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीहरुले चार लाख आम्दानी गरेका हुन् । विद्यार्थी सन्दीप मल्लले बजारको माग अनुसार सयपत्री र मखमलीका पुष्प पु¥याउन नसकिएको बताउनुभयो । उहाँले बजारको माग अत्यधिक भएपनि मागअनुसार बजारमा पुष्प पुगाउन नसकिएको बताउनुभयो ।
क्याम्पस प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई किताबमा मात्रै सीमित नगरेर ,पढाईमा समेत टेवा पुगोस् भन्ने लक्ष्य राखेर पुष्प व्यवसायमा जोडेको बताउनुभयो । विद्यार्थीहरुले आफै बिरुवा उत्पादन गरेर फूल खेती गरेको शिक्षक घनश्याम केसीले जानकारी दिनुभयो । उहाँले लक्ष्य अनुरुप नै पुष्प व्यवसायबाट आम्दानी भएको बताउँदै दुई लाखको फूल बिक्रीका लागि तयारी भएको जानकारी दिनुभयो ।

मखमली र सयपत्रीफूलको विद्यार्थीहरुले किलोमा ६ सय र प्रतिमाला दुई सय ५० सम्ममा विक्री गरेको विद्यार्थी सुभेच्छा पौडेलले जानकारी दिनुभयो । अब कलेजले विद्यार्थीहरुलाई पुष्प खेतीसंगै अन्य कृषिजन्यवस्तुको उत्पादनमा समेत संलग्न गराइने क्याम्पसका प्रमुख वसन्त आचार्यले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय