कानुनका विद्यार्थीलाई दुव्र्यशन सम्बन्धी जानकारी

  कार्तिक १७, २०७९

तुलसीपुर कात्तिक १७
पब्लिक ज्ञानज्योतिमा कानुन विषय पढ्दै आएका विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यशनी सम्बन्धी जानकारी दिइएको छ । तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमै पुगेर जानकारी लिएका हुन् ।
पब्लिक ज्ञान ज्योतिमा कानुन विषय पढ्दै आएका र मेरी गोल्ड बोर्डिङ स्कुलमा पढ्दै आएका विद्यार्थीहरुलाई दुव्र्यशनी सम्बन्धी जानकारी दिइएको हो । संस्थाका मनोविमर्शदाता शैलेश शर्माले लागुपदार्थ दुव्र्यशनले घर परिवार समाजमा पारेको असरका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो । उहाँले लागुपदार्थ दुव्र्यशनीबाट बच्ने उपाय, उपचारका विषयमा जानकारी गराउनुभएको हो । कार्यक्रममा कानुन विषय पढाउँदै आउनुभएका पब्लिक ज्ञान ज्योतिका सोमराज बस्नेतले दुव्र्यशनी नेपालमा रहेको कानुनीमा रहेको दण्ड सजायका बारेमा समेत जानकारी दिनुभएको थियो । ८० जना विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।
तुलसीपुर १९मा रहेका नयाँ पाइला पुर्नस्थापना केन्द्रबाट उपचार पछि एक हजार बढी दुव्र्यशनीहरु समाजमा पुर्नस्थापित भएको संस्थाका निर्देशक एवम अध्यक्ष सुरेश भुसालले जानकारी दिनुभयो । हालसम्म एक लाख बढी अभिभावक,विद्यार्थीहरुलाई दुव्र्यशनी सम्बन्धी सचेतना समेत दिइएको छ । संस्थाले दुव्र्यशनीमा रहेका व्यक्तिहरुलाई सीप समेत सिकाउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय