कृषकसंग पाण्डे — ‘मतदाता भन्छन् मल, बिउ समयमै

  कार्तिक २२, २०७९


तुलसीपुर कात्तिक २२
नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न स्थानमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेको छ । वडा नम्बर ५ र ७ मा उम्मेदवार सहितको घरदैलो कार्यक्रम भएको हो । प्रतिनिधिसभाका उम्मेदवार कोमल वली र ३ (क) प्रदेश सभा उम्मेदवार घनश्याम पाण्डे सहित घरदैलो भएको हो ।
मंसीर ४ गते हुन थालेको प्रतिनिधसभा र प्रदेश सभाको निर्वानचमा सुर्य चिन्हमा मतदान गरि जिताउनको लागी मतदातालाई आफ्ना योजना सुनाउदै मत मागेका थिए । अबको पाँच बर्ष एमालेले नेतृत्व गर्ने र जनताका आशा पूरा गर्ने आफ्नो चाहना रहेको प्रदेशसभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले बताउनुभयो ।
उहाँले किसानका लागि मल, बिउ समयमै उपलव्ध नहुदा बर्षेनि समस्या भोग्नुपरेको हुदा यसको निराकरण गर्ने बताउनुभएको हो । स्थानीय सरकारको प्रमुख हुदा सिंचाई र कृषिको क्षेत्रमा उल्लेख्य कामहरु गरेको बताउनुभयो ।
कृषि र स्वदेशि उत्पादनमा जोड दिन सके मात्रै जनताको जीवन स्तरमा सहज हुने भएकाले यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय