सिक्दै सिकाउँदै विद्यार्थी

  कार्तिक २८, २०७९

तुलसीपुर कात्तिक २८
आइतबार दिउँसो सधै कापी कलमसंग खेल्ने विद्यार्थीहरु नयाँ र्सिजनासंग खेल्दै थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कुटेचौरमा रहेको नवजागरण माध्यमिक विद्यालयको परिसरमा कोही विद्यार्थीहरु हावाबाट विद्युत निकाल्न प्रयास गर्दै थिए त कोही प्रदूषणमुक्त गाउँ शहर बनाउने प्रयासमा थिए ।
माध्यमिक विद्यालय रनियापुरकी कक्षा दशमा पढ्ने छात्रा अरुणा नेपाली सौर्य उर्जाबाट विद्युत निकाल्ने अभ्यासमा हुनुहुन्थ्यो । उहाँजस्तै समूह बनाएर आठ वटा विद्यालयका ४८ समूहले विभिन्न सिर्जनात्मक अभ्यासमा थिए । शिक्षा क्षेत्रमा काम गर्दै आएको टिच फर नेपालले विद्यार्थीहरुको पठनसीपको विकाससंगै सिर्जनात्मक सीप अभिभावकसहित सरोकारवाला निकाय समक्षा प्रस्तुत गर्नका लागि कार्यक्रमको संयोजन गरेको थियो ।
टिच फर नेपालका जिल्ला संयोजक माधवप्रसाद देवकोटाका अनुसार विद्यार्थीहरुले पढ्नेक्रममा सिकेका ज्ञानलाई प्रयोगात्मक विधिबाट जहाँ हो त्यही ठाउँमा नयाँ वस्तुको सिर्जना गरेर प्रदर्शनीमा राख्ने गर्दछन् । त्यहाँ रहेका ४८ वटा स्टलमा एक हजार बढी विद्यार्थीहरुले अवलोकन गरेका थिए । विद्यार्थीहरुको शिक्षण सिकाई मेलाबाट अन्य विद्यार्थीहरुमा समेत सिकाई हुने उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विद्यार्थीहरुले निर्माण गरेका वस्तुले प्रविधिको प्रयोग,प्रदूषण मुक्तको अभ्यास व्यवहारमै लागु गर्ने सके शिक्षण सिकाईको ठुलो उपलब्धि हुने बताउनुभयो । उहाँले सिकाई किताबी ज्ञानभन्दा प्रयोगात्मक ज्ञान बढी लाभदायक रहने बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले विद्यार्थीहरुको प्रतिभालाई व्यवहारमा उर्तानका लागि यस्ता क्रियाकलाप बढी प्रभावकारी रहने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले अभिभावकसहित प्रदर्शनी अवलोकन गर्दा विद्यार्थीहरुमा थप प्रोत्साहन बढ्ने बताउनुभयो । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले शिक्षण सिकाईमा थप टेवा पुग्ने बताउनुभयो । यस्ता क्रियाकलापहरु अन्य विद्यार्थीहरुलाई सिकाई होस् भन्ने ध्येयले अन्य सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई समेत समावेश गराइएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले एक अर्काको सिक्ने सिकाउने अवसरकारुपमा रहेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय