करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

  मंसिर १०, २०७९


तुलसीपुर मङ्सीर १०
करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६को मलवारे कुलोमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा सोही निवासी ५५ वर्षिय झगबहादुर डाँगीको मृत्यु भएको छ । शनिबार दिउँसो तीन बजेतिर करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय टेसीराज पोख्रेलले जानकारी दिनुभयो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । एक महिना अघि मात्रै तुलसीपुर ११ र १२ नम्बर वडामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय