एमालेद्घारा श्रद्घाञ्जली सभा सम्पन्न

  मंसिर २९, २०७९

तुलसीपुर मंसीर २९
नेकपा एमाले तुलसीपुर नगर कमिटीको आयोजनामा श्रद्घाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका नगर कमिटीका उपाध्यक्ष लक्ष्मण चौधरीका बुवा विश्राम चौधरीको निधनमा सभा सम्पन्न गरिएको हो । नगर कमिटीका अध्यक्ष माधव वलीको अध्यक्षता एवम नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले चौधरीको निधनले सामाजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्य,सदस्यहरु गिरीराज केसीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, जिल्ला कमिटी सचिव मनोहर बुढाथोकी, जिल्ला कमिटी सदस्य एवम नगर कमिटी इन्चार्ज मानबहादुर रावत, जिल्ला सदस्य मंगल चौधरीले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वुवाको जीवनीका बारेमा माइला छोरा लक्ष्मण चौधरीले जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव युवा कराराले गर्नुभएको हो । विश्राम चौधरीको मंसीर २४ गते ६९ वर्षको उमेरमा निधन भएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय