छिल्लीकोटमा गुरदेवी मन्दिरको शिलन्यास

  पुष ०७, २०७९

तुलसीपुर १९ छिल्लीकोटमा गुरदेवी मन्दिरको शिलन्यास गरिएको छ । पर्यटकीय एवम धार्मिक स्थल छिल्लीकोट क्षेत्रमा कालिका मालिकाको मन्दिर रहेको छ । वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले मन्दिरको शिलन्यास गर्नुभएको हो ।

मन्दिर निर्माण समितिका अध्यक्ष टोपबहादुर विश्वकर्माको अध्यक्षता एवम वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष योगीले मन्दिर निर्माणका क्रममा अपुग बजेटको व्यवस्थापनका साथै मन्दिरसम्म पुग्ने सडक निर्माणमा समेत विशेष ध्यान दिइने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले १९ पार्टी अध्यक्ष लोकबहादुर रोका, पूर्व जनप्रतिनिधि परवीर पुन, छिल्लीकोट टोल विकास संस्थाका अध्यक्ष पलबहादुर खड्का लगायतकाले बोल्नुभएको थियो । वडा नम्बर १९को दुई लाख बजेटबाट मन्दिर निर्माण गर्न थालिएको हो । कार्यक्रमको सञ्चालन वडा सदस्य रामबहादुर पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय