इँट्टाको मूल्यमा एक रुपियाँ बढ्यो

  पुष १०, २०७९

गोकर्ण पौडेल
तुलसीपुर पुस १०
इँट्टाको लागत मूल्य बढेपछि व्यवसायी समितिले प्रति इँट्टा एक रुपियाँ वृिद्घ गरेको छ । इँट्टा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीका अनुसार एक नम्बर इँट्टाको मूल्य १५ रुपियाँ रहेकोमा पुस १६ गतेदेखि लागू हुने गरेर १६ रुपियाँ कायम गरेको छ । त्यस्तै दुई नम्बर इँट्टाको मूल्य १० रुपियाँ रहेकोमा अब ११ रुपियाँ कायम गर्ने निर्णय गरिएको छ ।
अध्यक्ष योगीका अनुसार खन्जड इँट्टाको मूल्य प्रति ट्रली दश हजार र इँट्टाको टुक्रा मूल्य प्रति ट्रली ६ हजार पुगेको छ। प्रति केजी २५ रुपियाँमा खरिद गर्दै आएको कोइलाको मूल्य ४५ रुपियाँ पुगेको छ । ढुवानी,मजदुरको दैनिक ज्याला, बैंक ब्याजमा वृिद्घ भएपछि मूल्य वृिद्घ गर्नुपरेको अध्यक्ष योगीले बताउनुभयो । व्यवसायी समितिको आइतबार सम्पन्न भेलाले मूल्य वृिद्घ गर्ने निर्णय गरेको हो ।
संघका सचिव युद्धबहादुर डाँगीका अनुसार ४२ वटा इँट्टा उद्योग समितिमा दर्ता भएका छन् । करिब नौ हजार मजदुर उद्योगमा कार्यरत रहेका छन् । जिल्लाबाट मात्रै करिब २० करोड इँट्टा उत्पादन हुँदै आएको छ । यस क्षेत्रमा उत्पादन भएका इँट्टा लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेशसम्म बिक्री हुँदै आएको सचिव डिसीले बताउनुभयो । डिसीका अनुसार नेपालगञ्जमा ढुवानी र भ्याटबाहेक एक नम्बर १६ रुपियाँमा बिक्री हुँदै आएको छ भने जिल्लामा ढुवानी र भ्याटसहित उक्त मूल्यमा बिक्री गर्न थालिएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय