जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण र न्यानो कपडा

  पुष ११, २०७९

 

तुलसीपुर पुस ११
तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गर्ने भएको छ । दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख खड्काले यस्तो जानकारी दिनुभएको हो । उहाँले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप ८४ वर्ष उमेर पुगेका पालिकाभित्रका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर विशेषज्ञसहितको स्वास्थ्य परीक्षण गरिने बताउनुभयो । खड्काले भन्नुभयो – हामी तत्कालै सुरुवात् गछौ कार्यान्वयनका लागि लागि स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ ।
जेष्ठ नागरिक नगर सञ्जालका अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा हामी सबैको सरोकार जेष्ठ नागरिकको अधिकार भन्ने नाराका साथ दिवस मनाइएको हो । कार्यक्रममा कार्यपालिका सदस्य यमुना परियार,वसन्ता केसी, सामाजिक तथा महिला विकास शाखाका प्रमुख माया श्रेष्ठ, जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीलगायतकाले बोल्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय