कुशल प्रशासकका कारण दायित्व शून्यमा

  चैत ०१, २०८०


तुलसीपुर चैत १
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पालिकाको कुशल प्रशासकका कारण विगतको दायित्व शून्यमा झार्न सकिएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको फेरि भेटौला एवम बधाइ कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले प्रशासनिक र आर्थिक क्षेत्र प्रशासनिक नेतृत्व दक्ष भएकै कारण सबल बनाउन सकिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाकाबाट सरुवा भएर लुम्बिनी प्रदेश अर्थ मन्त्रालयको अर्थ सचिव हुनुभएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई बधाई दिदै नगरप्रमुख खड्काले प्रदेशको अर्थ मन्त्रालयलाई समेत सबल र सक्षम बनाउन आग्रह गर्नुभयो ।
सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले सबैको सहयोग र साथ प्राप्त भए पालिकाबाट नगरवासीलाई उत्कृष्ट सेवा प्रवाह गर्न सकिने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका सचिव रामबहादुर केसीले पालिकालाई दायित्व शून्यमा झार्नका लागि आर्थिक मितव्ययिता कायम गर्दै जनप्रतिनिधि र कर्मचारीको सहयोग सफल भएको बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता माधव वलीले कुशल प्रशासनिक नेतृत्वमा कारण पालिकाका गतिविधि सकारात्मक ढंगले अघि बढ्न सकेको बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रशासन शाखाका प्रमुख विष्णुकुमारी आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय