कचवे बनाउन खाजा समयमै जागे कर्मचारी

  पुष २६, २०८०


तुलसीपुर पौष २६
चैनपुर नगरपालिकाका कर्मचारीले खाजा समयमा पालिकाभित्र प्रवेश गर्ने र पर्यटकीय क्षेत्र नुनढाकी सिद्धकाली पोखरी जाने सडकको कचवे निर्माण गरेका छन् । सडकमा करिब पचास मिटर लम्बाइको कचवे निर्माण गरेका हुन् ।

मंगलबार दिउँसो खाजा खाने समयमा चैनपुर नगरपालिका अघि प्रवेशद्वार नजिकै फरक दृश्य देखियो । सधैँ कलम,कम्प्यूटरमै रहेर काम गर्ने पालिकाका कर्मचारी भने निर्माण गर्ने सामग्रीका साथ देखिए ।
कार्यालय प्रवेश गर्ने सडकमा लामो समयसम्म कचवे भत्किदा समस्या भएपछि कर्मचारीले खाजा समयमा श्रम गरेर कचवे निर्माण गरेका हुन् ।
पालिकाका इन्जिनियर रिवज खत्रीको नेतृत्वमा कर्मचारीहरुले श्रमदान गरी काम सम्पन गरेको पालिकाका अधिकृत शुसील खड्काले जानकारी दिनुभयो । कचवेमा खाल्डा पर्दा पालिकामा आउँदा दूर्घटना बढेका थिए । कर्मचारीहरुले खाजा समयमा नागरिकलाई सेवा प्रवाहमा समस्या नपर्ने गरी श्रमदान गरेर कचवे निर्माण गरेका थिए । नगरप्रमुख कृष्णकुमार तामाङले कर्मचारीहरुको सामाजिक उत्तरदायित्वअन्तर्गत कचवे निर्माण गरेकोमा धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । सेवा लिनु आउनुभएका पालिकाका सेवाग्राही वीरेन्द्रकुमार अधिकारीले कचवे निर्माणसँगै पालिमा आवतजावत गर्न सहज भएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय