शिक्षण सिकाईका लागि सुनाखरी मेला

  पुष ११, २०७९

तुलसीपुर पुस ११
शिक्षण सिकाईका लागि सुनाखरी तुलसीपुर सिकाइ मेला आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका आठ वटा माध्यमिक विद्यालयले मेलाको आयोजना गर्न थालिएको हो । पुस १४ गते बिहान साढे आठ बजे माध्यमिक विद्यालय कालाखोलामा मेला आयोजना गर्न थालिएको हो ।
मेलामा शिक्षण सिकाइका बारेमा नृत्य,गीत,कविताका साथै स्वस्छ खाना,चित्रकला,खेलका स्टलहरु राखिने बताइएको छ । मेलाका विषयमा सोमबार तुलसीपुर उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले सिकाई मेला २०७५ सालमा समेत आयोजना गरिएको र केही वर्ष कोभिड संक्रमणका कारण आयोजना गर्न समस्या आएकोले नगरिएको बताउनुभयो । उहाँले अब प्रत्येक वर्ष विद्यालयहरुमा सिकाइ मेला आयोजना गरिने बताउनुभयो । ु
मेलामा विद्यार्थीहरुले तयार पारेका सामग्रीहरु २० वटा स्टल रहने छन् भने अन्य २० वटा स्टलमा पेशागत सहायक सामग्रीका रहने बताइएको छ । उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने बताइएको छ । मेलामा अन्य छिमेकी पालिकाका विद्यालयहरुलाई समेत आमन्त्रण गरिएको छ ।
करिब पाँच हजार बढी विद्यार्थीले सिकाइ मेलाको अवलोकन गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा शिक्षाविद् एवम सांसद शिशिर खनाल, शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षण सिकाइका उत्प्रेरणाका विषयमा प्रशिक्षण दिने बताइएको छ । पत्रकार सम्मेलनमा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो भने व्यवस्थापकीय पक्षका बारेमा मेलाका सदस्य सचिव मावि कालाखोलाका प्रधानाध्यापक राजीव ओझाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चार उपसमितिका संयोजक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय