मेलमिलापकर्ता भन्छन् – पुर्नताजगी र ऐन कार्यान्वयन

  पुष १३, २०७९


तुलसीपुर पुस १३
मेलमिलापकर्ताहरुले विवाद समाधानका लागि पुर्नताजगी तालिमको व्यवस्था गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मेलमिलाप कर्ताहरुले विवादका प्रकृति र विषयहरु नयाँ नयाँ आइरहेको अवस्थामा मेलमिलाकर्ताहरुका लागि विवाद समाधान पुर्नताजगीको आवश्यकता रहेको बताए ।
करिब एक दशकदेखि विवाद समाधानमा अग्रसर रहदै आउनुभएका मेलमिलापकर्ता पोषण गौतमले पालिकाले २०७५ सालमै पालिकाले ऐन ल्याएपनि कार्यान्वयनमा आउन नसक्दा उपलब्धि सोचअनुरुप आउन नसकेको बताउनुभयो । उहाँले विवाद समाधानका लागि ऐन कार्यान्वयन पहिलो प्राथमिता हुनुपर्ने बताउनुभयो । उहाँले वडा तहमै हरेक विवादहरुलाई समाधानका लागि संरचनाको अभाव रहेको बताउनुभयो । मेलमिलापकर्ता गौतमले साविकका गाविसहरुमै मेलमिलापकर्ताहरुका लागि कोष भएको र त्यो कोषलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । अर्का मेलमिलाप कर्ता एकराज भण्डारीले मेलमिलापकर्ताहरुलाई सामान्य चिया खाजा खर्चमै भ्याट कटौती गरिने भएकाले उक्त रकमलाई यातायात शीर्षकमा दिएर उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले मेलमिलापकर्ताहरुका लागि पुर्नताजगीको तालिमको व्यवस्थापन गरिने बताउनुभयो । साथै मेलमिलापकर्ताहरुका लागि सिकाईका लागि अन्य पालिकामा पुगेर अवलोकनको व्यवस्था गरिने बताउनुभयो । साथै कतिपय वडाका भवनहरु भाडामै रहेकाले वडा तहमै विवाद समाधानका लागि तत्काल समाधान गर्न नसकिने बताउनुभयो ।
उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल,प्रवक्ता माधव वली लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय