हलवार रनियापुर जोड्ने झोलुङ्गे पुलको उद्घाटन

  पुष १६, २०७९

 

तुलसीपुर कात्तिक १५
तुलसीपुर ४ माथिल्लोे हलवार र तुलसीपुर १९को कुटेचौरका किसानको खेतबारी दुवैतिर पर्दछ । वर्षायाममा हलवारका किसानले खेत जोत्न कुटेचौर पुग्दा ग्वार खोला आयो भने खेतमै बास हुन्थ्यो खोला तर्ने कुनै विकल्प थिएन । अब भने दुवैतिरका किसानलाई सहज हुने भएको छ । तुलसीपुर ४ र १९को बीचमा पर्ने ग्वार खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि दुवैतर्फका किसानलाई आवतजावत गर्न सहज हुने भएको छ ।
पुल विभागबाट प्राप्त ९० लाखको लागतमा झोलुङ्गे पुलको निर्माण भएको पुल संरक्षण समितिका अध्यक्ष चुर्णबहादुर पार्धेले बताउनुभयो । कास्यप कन्ट्रक्सन २०७७ चैतदेखि सुरु गरेको थियो भने गत मङ्सिरमा सम्पन्न गरेको थियो । पुलको लम्बाई एक सय २२ मिटर रहेको छ । निर्माण पुल निर्माणका लागि स्थानीयले जग्गा समेत उपलब्ध गराएका थिए । वडा नम्बर ४का निवर्तमान वडाध्यक्ष बालकृष्ण राणाले कृषिजन्य वस्तुको उत्पादित क्षेत्र भएकोले अब किसानहरुलाई बिजौरी बजारमा आएर उत्पादित वस्तु बिक्री वितरणमा सहज हुने बताउनुभयो ।
यसैबीच पुलको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पुल संरक्षण समितिका अध्यक्ष चुर्णबहादुर पार्धेको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पुलको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि खड्काले यस क्षेत्रको कृषिजन्य वस्तुको बजारीकरणमा विशेष टेवा पुग्ने बताउनुभयो । उहाँले विकासका पूर्वाधार निर्माणमा नागरिकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले पुल निर्माणसंगै दुवैतर्फका नागरिकहरुलाई आवतजावतमा सहज हुने बताउनुभयो । कार्यक्रममा वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का अध्यक्ष प्रेमनाथ योगी, वडा नम्बर ४का निवर्तमान अध्यक्ष बालकृष्ण राणा,१९का निवर्तमान अध्यक्ष रामबहादुर योगी,स्थानीय विमल रेग्मीलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पुल निर्माणका क्रममा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार वसन्त पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय