महिला स्वयमसेविकालाई सम्मान

  पुष २७, २०७९

तुलसीपुर पुस २७
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ले वडाभित्र रहेर उत्कृष्ट काम गर्ने महिला स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । वडाभित्र रहेर निरन्तररुपमा खट्दै आएका महिला स्वयम सेविकालाई सम्मान गरेको हो । वडाले उरहरी स्वास्थ्य चौकीमा आयोजना गरेको वडा स्वास्थ्य वस्तुस्थिति विश्लेषण प्रतिवेदनको सार्वजनिक कार्यक्रममा सम्मान गरिएको हो ।
नगरप्रमुख टीकाराम खड्काले महिला स्वयम सेविकाहरु सरस्वती भुसाल भण्डारी,तेजकुमारी मल्ल,मीना बस्नेतलाई सम्मान गर्नुभएको हो । त्यस्तै ६० वर्ष उमेर पूरा गर्नुभएकी महिला स्वयम सेविका गौरी नेपालीलाई बिदाइ गरिएको थियो । सोही अवसरमा सुत्केरीहरुका लागि आवश्यक पर्ने सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने खडग बस्नेतलाई सम्मान गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले वस्तुस्थितिमा वडाको समग्र स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण आएकाले अब वडाको स्वास्थ्य अवस्थालाई थप सुधार्न सहयोग हुने बताउनुभयो । उहाँले महिला स्वयम सेविकाहरुको स्वास्थ्यले साथ दिदासम्म सेवा गर्ने संघीय सरकारले नीति ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरका प्रवक्ता माधव वली, सुशासन समितिका संयोजक धर्मराज वली, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्मा, एम्बुलेन्स सञ्चालन समितिका सदस्य नेत्रमणि लामिछाने लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय