बिजौरी रेडक्रस उपशाखाको सभापतिमा रेग्मी

  पुष ३०, २०७९


तुलसीपुर पुस ३०
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सभापतिमा बालकृष्ण रेग्मी सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । शनिबार बिजौरीमा सम्पन्न पाचौ अधिवेशनले रेग्मीको सभापतित्वमा समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा ज्वाला पौडेल,सचिवमा मुकेश वली,कोषाध्यक्षमा सागर रेग्मी,उपसचिवमा गोविन्द पार्धे, उपकोषाध्यक्षमा किशोर गौतम रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मेनुका शर्मा,प्रदीप गौतम,पदम वली,अर्जुन रेग्मी र डंकबहादुर वली रहनुभएको छ । साधारण सभा उपशाखा सभापति केशवकुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय