सीमा खुल्लाले स्थानीय उत्पादन बजारीकरणमा समस्या ः नगरप्रमुख खड्का
तुलसीपुर माघ ८

  माघ ०८, २०७९

    

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सीमा नाका खुल्ला भएका कारण स्थानीय उत्पादित वस्तुको बजारीकरणमा समस्या सिर्जना भएको बताउनुभएको छ । ग्रीन फाउन्डेशन नेपाल दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले खुल्ला सीमानाकाका कारण नेपालमा उत्पादन भएका वस्तु बिक्रीमा मूल्य पाउन नसकेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले सहकारीहरुले बस्तुको उत्पादनका लागि उपभोक्ताको मागअनुसार उत्पादन गर्दा मात्रै बजारीकरणमा समस्या सिर्जना नहुने बताउनुभयो । उहाँले सहकारीलाई उत्पादनको क्षेत्रमा अघि बढाइने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि ग्रीन फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले सिन्की ,गुन्द्रुक,मस्यौरा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुगाउनका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले बासँका विभिन्न सामग्रीहरुको माग भएपनि पूरा गर्न नसकिएको बताउनुभयो ।
दाङका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका बारेमा सचिव सुरेश रावतले जानकारी गराउनुभएको थियो भने सञ्चालन कोषाध्यक्ष खुमप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय