पूर्व ब्रिटिस आर्मीद्घारा स्वास्थ्य चौकीमा बेबी बार्मर मेसिन हस्तान्तरण

  माघ १०, २०७९

तुलसीपुर माघ १०
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ वनहरीका ब्रिटिस आर्मीले स्वास्थ्य चौकीलाई बेबी बार्मर मेसिन हस्तान्तरण गर्नुभएको छ । बेलायतमा बस्दै आउनुभएका पूर्व ब्रिटिस आर्मी मानबहादुर थापामागरले उक्त मेसिन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो । बथ्रिङ सेन्टर सञ्चालनमा रहेको उक्त स्वास्थ्य चौकीमा शिशु मृत्युदर घटाउनका लागि उक्त सामग्री हस्तान्तरण गरिएको मानबहादुर थापाले बताउनुभयो ।
शिशु जन्मिएपछि २४ डिग्री तापक्रममा राखेर चिसोबाट बचाउन सकिने स्वास्थ्य चौकीका अनमि कमला गिरीले बताउनुभयो । नवजात शिशुमा देखिने निमोनियाको समस्यालाई मेसिनको प्रयोग पछि घटाउन सकिने गिरीले बताउनुभयो । करिब एक लाख रुपियाँ मूल्यको मेसिन हलवार स्वास्थ्य चौकीमै राखिने भएको छ । पूर्व ब्रिटिस आर्मी थापाले राप्ती प्रादेशिक अस्पताल ,तुलसीपुर,घोराही उपमहानगरपालिकामा फोहोर टिप्ने सामग्री समेत हस्तान्तरण गर्नुभएको छ । उहाँले यस क्षेत्रका विद्यालयहरुमा समेत विभिन्न सामग्री हरु हस्तान्तरण गर्दै आउनुभएको छ । पूर्व ब्रिटिस आर्मी थापाले कर्मभूमि अन्यत्रभएपनि जन्मभूमि नेपालका लागि सक्दो सहयोग गर्दै आएको र आगामी दिनहरुमा समेत गर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले सामग्री हस्तान्तरणले नागरिक सरकारबीच सेवाभाव दिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह रहने बताउनुभयो । वडा नम्बर ४का वडाध्यक्ष तुलसी थापामगरको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय