तुलसीपुर उपमहानगरपालिकाको हिउँदे नगर सभा सुरु

  माघ २३, २०७९

 
   
   तुलसीपुर माघ २३ 

तुलसीपुर उपमहानगरपालिकाको हिउँदे नगरसभा सुरु भएको छ । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा सभाको सुरु भएको हो ।सभाको प्रथम बैठकमा उपप्रमुख स्यानी चौधरीले शीर्षकान्तरण र रकमान्तरण प्रस्तुत गर्र्नुभएको हो ।
सभामा आर्थिक विकास समितिका संयोजक माधव वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सभामा विधायन समितिका संयोजक भीमबहादुर योगी,सुशासन समितिका संयोजक धर्मराज वलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रस्तुत प्रतिवेदनमाथि नगरसभा सदस्यहरुले सुझाव तथा छलफल गरिरहनुभएको छ । सभामा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत,पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्मा, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी,लेखा समितिका संयोजक घनश्याम ढकाल,सहकारी समितिका संयोजक खुसीराम चौधरी,खेलकुद समितिका संयोजक शिवानन्द डाँगीले विषयगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । विधायन समितिका संयोजक भीमबहादुर योगीले हालसम्म ३६ वटा ऐन,६७ कार्यविधि,नियमावली ८,निर्देशिका २० वटा र नीति ४ वटा निर्माण गरिएको बताउनुभयो ।अझै पालिकामा नेपालको संविधानको अनुसूचि ८ एकल सूचि र अनुसूचि ९को साझा बमोजिम संविनधानमै किटानी गरेका पाँच वटा ऐन निर्माण गर्न बाँकी रहेका छन् । सभामा विधेयक,ऐन संशोधन निर्णयार्थ प्रस्तुत गरिएको छ । त्यस्तै सभामा हालसम्म निर्माण गरिएका पक्की भवनहरुको अभिलेखीकरण ५० प्रतिशत जरिवाना लिएर वैशाख महिनासम्म गर्नका लागि सभामा प्रस्तुत गरिएको छ । सभाको बैठक २६ गतेका लागि राखिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय