लागुपदार्थ .दुव्र्यसन अन्त्य गर्न अभिभावकसम्म पुग्दै नयाँ पाइला

  चैत १३, २०७९

तुलसीपुर चैत १३
समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यशन अन्त्यका लागि नयाँ पाइला पुनस्र्थापना केन्द्र अभिभावकसम्म पुग्ने अभियान चलाएको छ । संस्था स्थापना भएदेखि नै दुव्र्यशनमुक्त समाज निर्माण गर्नका लागि समाजका विभिन्न संघ संस्थाहरुको समन्वय सहकार्यमा अभिभावकसम्म पुग्ने गरेको छ । हालसम्म साविक राप्ती अञ्चलका पाँच वटै जिल्लामा अभिभावक शिक्षा सम्पन्न गरेको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।
संस्थाले हालसम्म अभिभावक शिक्षाका लागि एक सय बढी विद्यालयमा एक लाख बढी पर्चा पम्पलेट वितरण गरेृको छ भने सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । संस्थामा हालसम्म एक हजार बढीको उपचार पछि समाजमा पुर्नस्थापना गराइएको छ । संस्थाले लागुपदार्थ दुव्र्यशनीमा परेकाहरुलाई उपचारका साथै सीप समेत प्रदान गरेको छ ।
यसैबीच नयाँ पाइला पुर्न स्थापना केन्द्रको सहयोग एवम समाज कल्याण केन्द्रको आयोजनामा लागुपदार्थ दुव्र्यशन सम्बन्धी अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लागूऔषध दुव्र्यसनीको अवस्था विकराल रहेकाले यसको अन्त्यका लागि अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो । उहाँले लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उहाँको भनाइ छ । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर ओलीले स्थानीय तहले वडा टोलसम्म नै पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा घोराही कारागारका प्रमुख लक्ष्मण सिङ राठौरले लागूऔषधले समाजमा अपराधसंगै चोरीका घटना बढेको बताउनु भयो । तीन बर्ष अघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४ सय २४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताउनुभयो । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको बताउनुभयो ।

राप्ती ईन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान बिभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताउनुभयो ।
यस्तै मनोपरामर्शदाता शैलेष शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ बर्षदेखि २० बर्षको उमेर समुहका रहेको बताउनुभयो । सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनि चाख्ने बानीले बिस्तारै दुव्र्यसनी फसेको बताउनुभयो । उहाँका अनुसार नेपालमा सबैभन्दा धेरै लागूऔषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ ।

लागूऔषध दुव्र्यसनीले समाजमा महिला हिंसा फैलाएको उहाँको भनाइ छ । सम्बन्ध बिच्छेदका घटना बढेको बताउनुभयो । लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिंङ्गो राज्य लाग्नुपर्ने बताउनुभयो । नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएको बताउनुभयो ।

। घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डागीले यस्ता कार्यक्रमले समाजमा हुने गतल काममा खबरदारी गर्ने बताउनुभयो । आगामी दिनमा वडाले टोलटोलमा सचेतना मुलक कार्यक्रम गर्ने र एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार सुष्मा गिरी लामिछानेलेलागू पदार्थ दुव्र्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले गाउँ समाजमा सबैभन्दा समस्याको बिषय लागूऔषध दुव्र्यसनी रहेको बताउनुभयो। समाज कल्याण दाङको आयोजना तथा नयाँ पाईला पुर्नस्थापना केन्द्रको सहयोग एंव राप्ती ईन्जिनियरिङ कलेज घोराहीको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

समाज कल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बैद्यको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाकी सदस्य बिन्दु दाहालले धन्यवाद ज्ञापन गर्नुभएको हो ।समाज कल्यानका दाङका उपाध्यक्ष निरजा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव जानका केसीले गर्नु भएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय