कोरानापछि अर्थतन्त्र सुधार विषयक गोष्ठीमा
नेपालबाट तुलसीपुर र घोराहीका प्रमुख सहभागिता

  चैत १४, २०७९


तुलसीपुर चैत १४
कोराना महामारी पछि अर्थतन्त्रमा परेको प्रभाव विषयक गोष्ठीमा नेपालकातर्फबाट तुलसीपुर र घोराही उपमहानगरका नगरप्रमुखको सहभागिता रहेको छ । चिनको ताइवानमा आयोजित विशेष कार्यक्रममा ८० देशका नगरप्रमुख तथा सूचना प्रविधि विज्ञको सहभागिता रहेको छ ।
उक्त गोष्ठीमा महामारी पश्चात् डिजिटल रुपान्तरणमा शहरहरु केन्द्रीत रहनुपर्ने विषयमा छलफल भएको छ । साथै नीजी संघ संस्थाहरुसंग सहकार्य गरेर सरकारी क्षेत्रको आवश्यकता पहिचान विषयमा छलफल भएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले कोरोना महामारी पश्चात् नवीन प्रविधिको प्रयोग,उत्पादन क्षेत्र र सेवाका अवधारण विषयमा बृहत् छलफल भएको बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोगमा सबै नागरिकहरुको पहुँच विस्तार गरे फाइदा पु¥याउने बताउनुभयो । साथै डिजिटल उपकरणको प्रयोगबाट विशेषाधिकार भएकाहरुलाई सेवा दिने विषयमा समेत छलफल भएको छ । टिपेई कम्प्यूटर एसोसियसनले आयोजना गरेको कार्यक्रममा नगरप्रमुखको सहभागिता रहेको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय