नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

  चैत १६, २०७९

तुलसीपुर चैत १६
तुलसीपुर उपमहानगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई स्वागत गरिएको छ । एक कार्यक्रम आयोजना गरेर कार्यवाहक नगरप्रमुख मानबहादुर रावतसहित जनप्रतिनिधि,कर्मचारीहरुले स्वागत गर्नुभएको हो । उपमहानगरपालिकामामा सहसचिवको दरबन्दी भएतापनि यस अघि उपसचिवबाट नै पालिकाका प्रशासनिक कार्यहरु सम्पादन हुँदै आएका थिए ।
सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसार नै सहसचिवको सरुवा गरेको हो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतकारुपमा कार्य सम्हाल्दै आउनुभएका मोहन पौडेलको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । उहाँलाई फेरि भेटौला कार्यक्रम आयोजना गरेर बिदाई गरिएको हो । सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षता एवम कार्यवाहक नगरप्रमुख मानबहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कार्यवाहक नगरप्रमुख मानबहादुर रावतले कार्य सम्पादनमा महत्वपूर्ण सहयोग साथ प्राप्त भएको भन्दै बिदाई भएर जान थाल्नुभएका मोहन पौडेललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै पालिकाले प्रदान गर्ने सेवा प्रवाहमा उदाहरणीय कार्य सम्पादन नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट अपेक्षा लिएको बताउनुभयो । कार्यक्रममा नगरप्रवक्ता माधव वली, नयाँ सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी,बिदाई भएर जान थाल्नुभएका मोहन पौडेलले लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय