तुलसीपुरमा मनाइयो बुद्ध जयन्ती

  बैशाख २२, २०८०

तुलसीपुर वैशाख २२
२५६७ औ बुद्ध जयन्ती एक कार्यक्रमको आयोजना गरेर तुलसीपुरमा मनाइएको छ । .नेपाल मगर बौद्ध समाज दाङको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटीको सहआयोजनामा मनाइएको हो ।.नेपाल मगर बौद्ध समाज दाङका अध्यक्ष मनी बुढामगरको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले विद्यालयस्तरमै बौद्ध संस्कृति संस्कारका विषयमा पठ्नपाठनका लागि पाठ्यक्रममै समावेश गर्नका लागि पालिका सरकार तयार रहेको बताउनुभयो । उहाँले समाजमा बढ्दो हिंसा,अशान्ति रोक्नका लागि बौद्ध शिक्षा अनिवार्य रहेको बताउनुभयो । नगरप्रमुख खड्काले बौद्ध गुम्बाहरुको संरक्षण,प्रचारप्रसारका लागि पालिका सदैव तत्पर रहेको बताउनुभयो । कार्यक्रममा चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्ती, बौद्ध गुरु(वापा) दीपक शाक्य, राजबहादुर घर्ती,मगर संघका वरिष्ठ उपाध्यक्ष मुक्त बुढामगर,नेपाल महिला मगर संघका उपाध्यक्ष कमला थापामगरलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । बुद्घ धर्म र जयन्तीका बारेमा बौद्ध गुरु(वापा) बलभद्र कुसारी मगरले जानकारी गराउनुभएको हो । बौद्ध सेवा समाजका उपाध्यक्ष दानबहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव टीकाराम पुनमगरले गर्नुभएको थियो । जयन्तीकै अवसर पारेर तुलसीपुर ७ शान्तिपार्क,घोराही चौपट्टामा झण्डा समेत राखिएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय